वसन्त योगीको ‘कल्ले खायो दर’ सार्वजनिक

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ। योगीले शब्द संयोजन गरेको गीतमा अन्नु चौधरीले स्वर भरेकी छिन्।

गीतमा संगीत संयोजन पुस्कर सुनुवारको छ। गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी, करिष्मा ढकाल र कृष्णाकुमारी महतले नृत्य गरेका छन्। म्युजिक भिडियोमा प्रशान्त मगरको निर्देशन, अजय रेग्मीको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको छ।

सुझावित समाचार