तेह्रथुममा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

तेह्रथुममा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । सदरमुकाम म्याङलुङ नगरपालिका– १० मा आइतबार साँझ को.१४प ८९२ नम्बरको मोटरसाइकल  अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो  ।

 म्याङलुङबाट जिरीतर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा घाइते भएका चालक म्याङलुङ नगरपालिका– ८ का २२ वर्षीय संगम तामाङ र पछाडि सवार सोही स्थानका २५ वर्षीय सबिन लिम्बूको उपचारको क्रममा जिल्ला अस्पताल म्याङलुङमा मृत्यु भएको जिल्ला प्रहरी तेह्रथुमले जनाएको छ ।  
 

सुझावित समाचार