जुद्धोदय पब्लिक अलुम्नाईको अध्यक्षमा मिश्र

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

जुद्धोदय पब्लिक अलुम्नाई संघको छैटौँ वार्षिक साधारणसभाले दीपकप्रसाद मिश्रलाई अध्यक्ष चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले मिश्रलाई अध्यक्ष चयन गरेको हो । 

यसैगरी, सभाले उपाध्यक्ष विजयरत्न तुलाधर, महासचिव ज्ञानु पण्डित, कोषाध्यक्षमा सुदीप ठाकुर, सदस्यहरूमा क्रमशः पञ्चरत्न डंगोल, देवेन्द्रमान सिंह, विजयमान श्रेष्ठ, गोविन्द सिलवाल र रोशन बज्राचार्यलाई चयन गरेको छ । क्षेत्रपाटीस्थित जुद्धोदय माध्यमिक विद्यालय (जेपी हाई स्कुल)मा अध्ययन गरेका पूर्वविद्यार्थीहरू संगठित भई जुद्धोदय पब्लिक अलुम्नाई संघ– ०७५ स्थापना गरेका हुन् । 

साधारणसभाको उद्घाटन विद्यालयबाट ०११ सालमा एसएलसीमा बोर्ड फस्ट भएका ई. पदमलाल श्रेष्ठले गरेका थिए । सो अवसरमा जुद्धोदय माध्यमिक विद्यालयबाट ०७९ मा एसइईमा उच्चतम अंक हासिल गर्ने छात्रा शिवानीकुमारी गुप्ता र छात्र राजीवकुमार साहलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो । 

साधारणसभाले आव ०७९/८० को आय–व्यय विवरण स्वीकृत गर्नुका साथै आव ०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । सभाले आगामी दुईवर्षे कार्यकालका लागि देहायबमोजिम नवकार्य समितिसमेत निर्विरोध रूपमा गठन गरेको हो ।

सुझावित समाचार