सन्दीपविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पुनः सुनुवाइ सरेको छ। जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको पेसी हेर्न नभ्याइनेमा राखिएको हाे।

यसअघि साउन ३२ गते काठमाडौं जिल्ला अदालतले पीडित गौशाला– २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्ने आदेश दिएको थियो। पीडितकी आमाको जन्ममिति फरक पाइएपछि प्रमाणीकरण गर्न भनेको थियो।

मुद्दाको पेसी सरेसँगै लामिछाने १६औँ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान जाने भएका छन्। १३ भदौमा हुने उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

सुझावित समाचार