सिराहामा डाकिएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित

शुक्रबार, ८ भदौ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेले शनिबार सिराहामा बोलाएको केन्द्रीय सचिवालय बैठक स्थगित गरेको छ।

सिराहाको धनगढीमाई नगरपालिका– ४ मा बोलाइएको विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए। 

तत्कालीन नेकपा (माले)को चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरिएको स्थल सर्रे अम्बासमा हुने लागेको बैठकले त्यस क्षेत्रका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकमा ठूलो उत्साहको सञ्चार भए पनि अविरल वर्षा, बाढीका कारण बैठक स्थगन भएको गौतमले जनाएका छन्।

बैठकमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली शुक्रबार कोसी प्रदेशको राजधानी विराटनगर पुगेका थिए। तर, तत्कालका लागि मौसम प्रतिकूल भएपछि एमालेले अर्को साताभित्र आयोजना गर्ने गरी बैठक स्थगित गरेको हो।

सुझावित समाचार