हुम्लाका सात पालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत, बाहिरकाे कर्मचारी खटाएकाेमा सिमकोटकाे आपत्ति

दुई स्थानीय तहमा पहिलोपटक महिला प्रमुख प्रशासकीय अधिकृत

शुक्रबार, ८ भदौ, २०८०
डिजिटल संस्करण

‍लामो समय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका हुम्ला जिल्लामा अब प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन्। 

लोकसेवा आयोगबाट भर्खरै नियुक्ति भएपछि हुम्ला जिल्लाका सातैवटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाउने भएका हुन्।

सात गाउँपालिकामा संघीय मार्मिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। जसमा दुई गाउँपालिकामा अब महिला प्रमुख प्रशासकीय अधिकृत हुने भएका छन्। 

ताँजाकोट गाउँपालिकामा सजना कार्की र सर्केगाड गाउँपालिकामा शान्ति लामा महिला प्रमुख प्रशासकीय अधिकृत हुनेछन्।

यस्तै, अदाचनचुली गाउँपालिकामा गिमन थापामगर, चंखेली गाउँपालिकामा सीताराम राईलाई खटाएको छ भने खार्पुनाथ गाउँपालिकामा रमेश सुनुवार, सिमकोट गाउँपालिकामा सुवास आले  र नाम्खा गाउँपालिकामा शैलेशकिशोर राई चाम्लिङलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। 

यसअघि सातै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन रहेका थिए। 

यता सिमकोट गाउँपालिकाले भने उपाध्यक्षको नेतृत्वमा बैठक बसेरै जिल्लाबाहिरको कर्मचारी पठाउँदा जिल्लाबाहिर गइरहने, सेवा प्रवाहमा असर पर्नेलगायतका कारण देखाउँदै बाहिरको कर्मचारी नखटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ।
 

सुझावित समाचार