भारतको मिजोरममा पुल भत्किँदा ज्यान गुमाउनेको संख्या २६ पुग्यो

शुक्रबार, ८ भदौ, २०८०
डिजिटल संस्करण

भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ। बुधबार भएको उक्त घटनामा अहिलेसम्म ज्यान गुमाउनेको संख्या २६ पुगेको हो। 

मिजोरमको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो। मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ।

मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे। पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन।
 
रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुका साथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

[सिन्ह्वाको सहयोगमा तयार पारेको समाचार सामग्री।]
 

सुझावित समाचार