बागमती नदीमा महिलाको शव फेला

बिहिबार, ७ भदौ, २०८०
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका भएर बग्ने बागमती नदीमा बिहीबार एक महिलाको शव फेला परेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार भीमफेदी गाउँपालिका वडा नम्बर ८ को मान्डु हुँदै बग्ने बागमती नदीमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

मंगोलियनजस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । यसअघि २७ साउनमा पनि सोही स्थानमा एक पुरुष र २१ साउनमा अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको थियो ।

सुझावित समाचार