कुखुरा फार्ममा पसेको चितुवाले मान्छेलाई आक्रमण गरेपछि...

बिहिबार, ७ भदौ, २०८०
डिजिटल संस्करण

काठमाडौंको चन्द्रागिरि नगरपालिका– ९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । 

चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका– ९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।उनका अनुसार तामाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उनलाई आक्रमण गरेको हो । 

घाइते तामाङको उपचार भइरहेको छ । यसैगरी आक्रमण गर्ने चितुवासमेत घाइते भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुंगेलले बताए।

See More On

सुझावित समाचार