सत्तारुढ दलका शीर्ष नेताको बलमिच्याइँले मुलुक भयावह दुर्घटनामा जाँदै छ : शेखर कोइराला

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

कांग्रेस नेता डा. शेखर कोइरालाले दलका शीर्ष नेताहरू बालुवाटारमा जम्मा भई संविधानविरोधी निर्णय गर्ने गरेकाले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको टिप्पणी गरेका छन् । 

मोरङको सुन्दरहरैँचामा बुधबार आयोजित दुलारी सरोकार मञ्चको वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा कोइरालाले दलहरूको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सद्भावसमेत बिथोलिएको जिकिर गरे । 

‘संविधानले एउटा अधिकार दिएको छ, तर नेताहरू एकठाउँमा बस्नुहुन्छ र आफूअनुकूलका निर्णय गर्नुहुन्छ,’ उनले प्रश्न गरे, ‘यसरी देशलाई कहाँ पुर्याउन खोजेको हो ?’

उनले कोसी प्रदेश सरकारलाई विश्वासको मत दिलाउने क्रममा शीर्ष नेताहरूले अदालत र संविधानमाथि बलमिच्याइँ गरेको बताए । ‘अदालतले जे नगर्नु भन्यो शीर्ष नेताहरू बसेर फेरि संविधान र अदालतमाथि बलमिच्याइँ गर्नुभयो,’ उनलेे भने ।

कार्यक्रममा ०१५ देखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तिनका परिवारलाई सम्मान गरिएको थियो ।
 

सुझावित समाचार