शुल्कवृद्धिविरुद्ध नेविसंघ पश्चिमाञ्चल क्याम्पसले गर्यो आन्दोलन

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धिको विरुद्ध आन्दोलन गरेको छ।

बुधबार बिहान १० बजे क्याम्पस प्रशासनअगाडि पुत्लामा पैसाको माला लगाएर नेविसंघले शुल्कवृद्धिविरुद्ध सांकेतिक प्रदर्शन गरेको हो।

शुल्कवृद्धि अव्यवहारिक रहेको र विद्यार्थीको भविष्यसँग जोडिएको कुरामा इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी रूपमा गरेको निर्णय मान्य नहुने नेविसंघ पश्चिमाञ्चल क्याम्पसका सभापति विविसन ओलीले बताए।

सुझावित समाचार