युवा संघले महाधिवेशन आयोजक कमिटी बनाउने

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

एकीकृत समाजवादीनिकट युवा संघ नेपालको बैठक यही ९ भदौमा काठमाडौंमा बस्ने भएको छ। 

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले युवा संघ नेपालको नेतृत्वलाई लिखित पत्रमार्फत निर्देशन गरेबमोजिम सचिवालय बैठक बस्न लागेको संघका महासचिव दीपक जिएमले जानकारी दिए।

सचिवालय बैठकले हालको कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने भएको छ। 

प्रगतिशील युवा आन्दोलनको अग्रगति र प्रगतिका निम्ति युवा संघको आन्तरिक जीवन व्यवस्थित र गतिशील बनाउन पार्टीको निर्देशनबमोजिम साउन २९ गते संघको केन्द्रीय कार्यालयको बैठक ९ भदौमा काठमाडौंमा केन्द्रीय सचिवालयको बैठक बोलाइएको उनले बताए। 

बैठकले नयाँ नेतृत्व छनोट गरी महाधिवेशनकेन्द्रित कार्यक्रम घोषणा गर्ने संघका उपमहासचिव अशोक दाहालले जानकारी दिए।

सुझावित समाचार