एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्षसहित ६२ जना एमाले प्रवेश

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)का सुर्खेत अध्यक्ष मोहन बडुवालसहित ६२ जना एमालेमा प्रवेश गरेका छन्।

बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव थिए। नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए।

एमाले पार्टीका महासचिव शंकर पोखरेलले बडुवालसहित ६२ जनालाई एमालेमा प्रवेश गराएका हुन्।

सुझावित समाचार