हुम्लामा बन्चरो प्रहारबाट एकजना घाइते

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

हुम्लाकाे चंखेली गाउँपालिका- ६ चरिगाउँमा बन्चरो प्रहारबाट एकजना घाइते भएका छन्।  ४० वर्षीय बाँचे बुढाले बन्चरो प्रहार गर्दा सोही गाउँकै ४० वर्षीय कर बुढा घाइते भएका छन्।

हिजो राति भएको झगडापछि बाँचे बुढाले बन्चरो प्रहार गर्दा कर बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।  

मेल्छाम प्रहरी चौकी पिप्लाङबाट प्रहरीटोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। 

उनका अनुसार घटनास्थल प्रहरीचौकीबाट टाढा छ। घटनास्थल पुग्न झन्डै चार घन्टा लाग्ने नायब उपरीक्षक भट्टराईले बताए। 

See More On

सुझावित समाचार