नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अनुशासन समितिमा सदस्यहरू मनोनयन गरेका छन्।
पार्टी केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई देउवाले समितिको सदस्यमा मनाेनीत गरेका हुन्।
यससँगै कांग्रेसको अनुशासन समितिले पूर्णता पाएको छ। यसअघि समितिको संयोजकमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना मात्र मनोनीत थिए।
