मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक १७.६९ अंकले बढेर दुई हजार १५.९८ बिन्दुमा कायम भएको छ।
आज ६० लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। पछिल्ला दिनमा कारोबार रकममा गिरावट भइरहेको छ। यसअघि सोमबार र आइतबार क्रमशः एक अर्ब ३७ करोड र एक अर्ब ४३ करोडबराबरको कारोबार भएको थियो।
मंगलबार नेप्सेका सबै समूहमा हरियाली छाएको छ। सबैभन्दा धेरै वित्त समूह २.२१ प्रतिशतले बढेको छ। यसैगरी, विकास बैंक १.१४ प्रतिशत, होटेल तथा पर्यटन १.२६ प्रतिशत, हाइड्रोपावर १.६६ प्रतिशतले बढेको छ।
आज कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, इङवा हाइड्रोपावरको ८.९१ प्रतिशत, माईखोला हाइड्रोपावरको ८.९१ प्रतिशत र मकर जितुवा सुरी हाइड्रोपावरको ८.४२ प्रतिशतले मूल्य बढेको छ।