एकीकृत समाजवादीको छायाले सर्वदलीय बैठकमा एमाले आएन : माधव नेपाल

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाका कारण राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नगएको बताएका छन्।
 
मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नगएको बताएका हुन्। 

माधव नेपालको छाया बैठकमा परेकाले एमालेका नेताहरू अनुपस्थित भएकाे उनको भनाइ थियो। उनले आफूहरूसँग त्यस्तो संकीर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरूमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए। 

आफूहरूसँग न्यूनतम संस्कार र संस्कृति रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तन मात्र रहेको बताए। 

अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेबाट विद्रोह गर्नु उचित र जायज भएको बताए। आजसम्मका घटनाक्रमहरूले आफूहरूले विगतमा गरेको विद्रोह जायज थियो भन्ने कुरालाई बारम्बार पुष्टि हुँदै आएको दोहार्याए। 

सुझावित समाचार