मुग्लिन - नारायणगढ सडक खण्डको मुग्लिन - नारायणगढ सडक भीषण पहिरोका कारण अवरुद्ध भएको छ।
सोमबार साँझ नाम्सी पुलनजिकै भीषण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो पन्छाउन उपकरणसहितका गाडी त्यसतर्फ लागेका छन्।
सडक डिभिजन भरतपुरको तैनाथ अवस्थामा राखिएको मेसिन उक्त स्थानमा पुगिसकेको छ। माथिबाट ढुंगा खस्ने क्रम नरोकिएका कारण पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको छ। पहिरोका कारण रोकिएका सवारीसाधनलगायत यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
तस्बिर : सुपरभाइजर ईश्वर क्षेत्री