आज नागको पूजाअर्चना गरी घरको मूलढोकामा नागको तस्बिर टाँसेर नागपञ्चमी पर्व मनाइएकाे छ। नागको तस्बिर टाँस्दा घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने जनविश्वास रहेको छ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको बताइन्छ।
भक्तपुरको नागपोखरीमा आज बिहानै पूजा गर्न सर्वसाधारण पुगेका थिए। यस क्षेत्रमा नागपञ्चमी मनाउँदै गर्दाका क्षणहरूलाई हामीले तस्बिरमा कैद गरेका छौँ । तस्बिरहरू :
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)