आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरको मूलढोकामा नागको तस्बिर टाँसेर नागपञ्चमी पर्व मनाइँँदै छ।
नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहेको छ। श्रावण शुक्ल पञ्चमीको दिन मनाइने भए पनि साउनमा अधिकमास परेकाले सौरमासअनुसार यो वर्ष भदौमा परेको हो।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको जनश्रुति छ। नागपञ्चमीको दिन आज बिहानैदेखि नागपोखरीहरूमा पूजा गर्नेको भिड लागेको छ।
तस्बिरहरू :
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)
.jpg'_'.2023-08-21.jpg)