हुम्लाको हवाई टिकट सहज र सर्वसुलभ बनाउन सर्वोच्चको अन्तरिम आदेश

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण
हुम्लाको हवाई टिकट सहज र सर्वसुलभ बनाउन सर्वोच्चको अन्तरिम आदेश

तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका

हुम्लाको हवाई टिकट सर्वसुलभ तथा सहज बनाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। 

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अधिवक्ता रामबहादुर शाहीले दायर गरेको रिटउपर अन्तरिम आदेश दिएको हो। इजलासले विपक्षीहरूबाट जवाफसमेत माग गरेको छ। आदेशको लिखितप्रति आउन भने बाँकी नै छ। 

नियमित उडान नहुँदा हुम्लामा पछिल्लो एक महिनामा चारजनाको ज्यान गएको छ। हवाई जहाज एक मात्र यातायातको साधन भए पनि उडान अनियमित र टिकटमा कालाबजारी हुँदा सर्वसाधारणले अकालमै मृत्युवरण गर्नुपरेको भन्दै यातायात सहज बनाउन हुम्लाका खार्पुनाथ गाउँपालिका घर भएका अधिवक्ता शाहीले ३२ साउनमा रिट दर्ता गराएका थिए। 

सुझावित समाचार