अर्थतन्त्र लयमा फर्किएको अर्थमन्त्रीको दाबी

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण
अर्थतन्त्र लयमा फर्किएको अर्थमन्त्रीको दाबी

फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित उद्यमशील युवा, सिर्जनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। 

उनले कोरोना भाइरस र अन्य बाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बने पनि अहिले बिस्तारै लयमा फर्किएको बताए। मन्त्री महतले अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको औँल्याए। 

अहिले देशभर नकारात्मक विचारहरू बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको बताउँदै उनले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्ता प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको उनको भनाइ थियो। 

उनले नेपालमा केही छैन र अर्थतन्त्र संकटमा छ भन्नेजस्ता नकारात्मक विचार त्यागेर सकारात्मक ऊर्जा प्रदान गर्नुपर्ने बताए। मन्त्री महतले नेपालको पर्यटन, जलविद्युत् र कृषिमा लगानी गर्न बिस्तारै विदेशी लगानीकर्ता बढ्न थालेको उनको भनाइ थियो। नेपालमै केही नयाँ काम गर्छु भनेर आउने युवालाई सरकारले सहुलियत दिएको उनले बताए। 

सुझावित समाचार