मकवानपुरको बकैयामा ढुंगाले किच्दा एकजनाको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका– १ धियालमा ढुंगाले किच्दा एक महिलाको मृत्यु भएको हो।
मकवानपुर र बाराको सिमानामा पर्ने धियालको विजयडाँडाकी ५१ वर्षीया रूपामाया लोकोलाई ढुंगाले किचेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो घरनजिकै रहेको जंगलमा गाईवस्तु चराउन गएकी उनलाई ढुंगामाथि बसिरहेको समयमा एक्कासि आफैँ बसेको ढुंगा पल्टिएर किच्दा मृत्यु भएको बताइएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय निजगढ बाराबाट नजिक रहेकाले निजगढ प्रहरी टोली बुधबार बिहान घटनास्थल पुगेको मकवानपुर प्रहरीले जनाएको छ।