त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त भएका छन्।

त्रिवि ऐन, २०४९ को दफा १५ बमोजिम उक्त पदमा नियुक्तिका लागि गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले मंगलबार भट्टराईलाई नियुक्ति दिएका हुन्।

झापाको हल्दीबारी गाउँपालिका– १ का भट्टराई त्रिवि इतिहासको केन्द्रीय विभाग प्रमुख हुन्। उनले सन् १९८५ मा मास्टर्समा गोल्ड मेडल र सन् २००४ मा पिएचडी गरेका हुन्।

सुझावित समाचार