नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम करिब दुई अर्ब

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

मंगलबार पनि सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ।  नेप्से परिसूचक ३१.८० अंकले घटेर दुई हजार ४५.४४ विन्दुमा कायम भएको छ।

आज २० कम्पनीको सेयर मूल्य बढ्दा दुई सय एक कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। त्यसैगरी, ५६ लाख तीन हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

कारोबारमा आएका १३ मध्ये म्युचल फन्ड समूहबाहेक सबै समूहको मूल्यमा गिरावट आएको छ। आज म्युचल फन्ड ४.२८ प्रतिशतले बढेको छ।

यस दिन इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्यमा सर्वाधिक वृद्धि भएको छ। सो कम्पनीको मूल्य ५.१८ प्रतिशतले बढ्दा हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सो कम्पनीको सेयर मूल्य ७.६९ प्रतिशतले घटेको छ।

सुझावित समाचार