पशुपति दर्शनार्थीलाई बृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबारको अवसरमा बोलबमका भक्तजनका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न आठ स्थानमा निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल जुसलगायतका सेवा प्रदान गरेको हो । 

लायन्स एन्ड लियो क्लब अफ काठमाडौं चाबहिल र बृज सिमेन्टको संयुक्त आयोजनामा कार्यक्रम गरिएको कम्पनीले उल्लेख गरेको छ । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई एक सय १५ जना स्वयंसेवकले आठ ठाउँमा सेवा प्रदान गरेको कम्पनीको भनाइ छ । 

यसका साथै पशुपतिनाथ मन्दिरपरिसरमा भक्तजनलाई निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको कम्पनीले जनाएको छ । शिविरमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथै रक्तचाप र मधुमेहको समेत परीक्षण गरिएको उल्लेख छ । स्वास्थ्य शिविरमा एक हजार पाँच सयभन्दा बढी धर्मावलम्बीले स्वास्थ्य परीक्षण गराएको उल्लेख छ ।

सुझावित समाचार