मुगु जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या चार पुग्यो, पहिरोका कारण उद्धारमा कठिनाइ

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण
मुगु जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या चार पुग्यो, पहिरोका कारण उद्धारमा कठिनाइ

मुगुकाे सोरू गाउँपालिकामा पर्ने सीप गाउँनजिकै पुग्ने कच्चीसडककाे फाइल तस्बिर । यही स्थानमा साेमबार जिप दुर्घटना भएकाे हाे । तस्बिर साैजन्य : कविराज कार्की ।

मुगुको उत्तरी सोरु गाउँपालिकामा पर्ने सीप पहिरोनजिकै आज भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। थप एक घाइतेको सीप स्वास्थ्य बर्थिङ सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। 

यसअघि घटनास्थलमा दुई तथा सोही बर्थिङ सेन्टरमा उपचारको क्रममा एक गरी तीनजनाको ज्यान गएको थियो। 

सोरू गाउँपालिकाको सोरुकोटदेखि  सदरमुकाम गमगढी आउँदै  गरेको ग. १ज ७७६२ नम्बरको जिप सोरू गाउँपालिका– ७ सिपपहिरो भन्ने स्थानमा आज दिउँसो दुई बजे दुर्घटना भएको हो। 

जिपमा नौजना सवार थिए। बाँकी यात्रु घाइते छन्। मृतक र घाइतेहरूको अझै पहिचान खुलेको छैन। 

आसिधारा र फुली भन्ने स्थानमा पहिरो गएकाले सुरक्षाकर्मी ढिला घटनास्थल पुगेका हुन्। सुरक्षाकर्मीको टोलीले स्ट्रेचरमा बोकी मृतक र घाइतेलाई एम्बुलेन्स भएको स्थान ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। 

सुझावित समाचार