किर्गिस्तानमा भएको सडक दुर्घटनामा आठको मृत्यु

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

किर्गिस्तानमा सडक दुर्घटनामा आठजनाको मृत्यु भएको छ। सोमबार किर्गिज गृह मन्त्रालयको मुख्य सडक सुरक्षा निर्देशनालयले जनाएअनुसार इस्सिक क्षेत्रको टोङ जिल्लाको बिस्केक–बालिक्ची राजमार्गमा गएराति सो दुर्घटना भएको हो।

दुई गाडी एकापसमा ठोक्किदा पाँच महिना र डेढ वर्षका दुई बच्चासहित आठजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। उनीहरूको विभिन्न घाइते अस्पतालमा उपचाररत छन्। रासस

सुझावित समाचार