नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीमा सरकार फेरबदलको विषयमा कुनै छलफल नभएको प्रस्टीकरण दिएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
‘अस्ति र आज गरेर ५० जना माननीय सदस्यहरूले बोल्नुभएको छ। सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, सरकार फेर्ने कुरा भएको छैन,’ लेखकले भने।
बैठक निरन्तर चलिरहेकाले सबै विषयलाई समेटेर अन्तिम निर्णय साेमबार सार्वजनिक गरिने उनले जानकारी दिए।