गोरखाको झोङगाउँका १० घर पहिराेकाे उच्च जोखिममा

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

लगातारको वर्षाले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– ७ छेकम्पारस्थित झोङगाउँका १० घर पहिराेकाे उच्च जोखिममा परेका छन्। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए। 

पहिरोसँगै आएको ढु‌ंगासहितको लेदो घरमा पसेर क्षति पुर्याएको अध्यक्ष लामाले बताए। त्यस्तै, पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरीबारीसमेत नष्ट बनाएको उनको भनाइ छ।

पहिरो रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ। थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउन ग्याबियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताए। 

प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाबारे समेत जानकारी लिइसकेको उनको भनाइ छ।
 

See More On

सुझावित समाचार