पनिर–बटर मसला यसरी बनाउनुस्

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

सामग्री : पनिर आधा केजी, गरम मसला तीन ग्राम, अदुवा र लसुनको पेस्ट एक चियाचम्चा, गेडा जिरा आधा चम्चा, प्याज एउटा, तेल दुई चम्चा, मसिनो गरी काटेको गोलभेँडा दुई पिस, गोलभेँडाको पिउरी आधा कप, जिरा धनियाँको धुलो आधा चम्चा राख्न सकिन्छ ।

यसैगरी खुर्सानीको धुलो आधा चम्चा, गरम मसलाको धुलो आधा चम्चा, धनियाँ आधा मुठा, कसुरी मेथीको धुलो आधा चम्चा, कुकिङ क्रिम आधा कप, काजुको पेस्ट तीन चम्चा, बटर दुई चम्चा, नुन–मरिच स्वादअनुसार, मह या चिनी आधा चम्चा । 

विधि : बाक्लो खालको कराही या प्यान तताउनुस् र तेल हालेर गरम मसला फुराउनुस् । अदुवा लसुनको पेस्ट हाल्नुस् र इन्डियन सम्पूर्ण मसला हालेर सानो आचमा भुट्नुस् । केही समयपछि गोलभेँडा र गोलभेँडाको पिउरी, काजु पेस्ट हालेर मज्जाले पकाउनुस् ।

नुन–मरिच स्वादअनुसार हाली डाइसमा काटेको पनिर खन्याइदिनुस् र अरु १० मिनेट पकाएर क्रिम, बटर हल्दिनुस् । अन्त्यमा हरियो धनियाँ, कसुरी मेथी, मह हालेर निकाल्नुस् । स्वादिष्ट पनिर–बटर मसला तयार भएको छ । 

See More On

सुझावित समाचार