सिंगापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

शनिबार, २७ साउन, २०८०
डिजिटल संस्करण
सिंगापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

तस्बिर : भिजिट सिंगापुर

सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशंकामा ४९ जनालाई पक्राउ गरेको छ।

हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन्। ती ४९ संदिग्धहरू २१ देखि ४६ वर्ष उमेर समूहका छन्। जसमध्ये ३५ सिंगापुरीहरू रहेको बताइएको छ।

कारबाहीका क्रममा ‘एक्स्टेसी’ र ‘केटामाइन’लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको अधिकारीहरूले बताएका छन्। यसबारे थप अनुसन्धान जारी छ।

सुझावित समाचार