पक्राउ परेका दुई चिनियाँ छुटे

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण
पक्राउ परेका दुई चिनियाँ छुटे

फाइल फाेटाे ।

सुन तस्करी गर्ने चिनियाँ समूहमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ छुटेका छन् । तस्कर समूहसँग सम्बन्ध नदेखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई सामान्य सोधपुछ गरेर छाडेको हो । 

अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शुक्रबार बिहान चिनियाँ नागरिक लि जियालिन र लि फुयानलाई पक्राउ थियो । राजश्व अनुसन्धान विभागको पत्रअनुसार उनीहरू अध्यागमनको कालोसूचीमा थिए । 

तर, सुन तस्करी गर्ने समूहसँग संलग्नताको प्रमाण नभेटिएपछि छाडिएको सिआइबीका एक उच्च अधिकारीले बताए । 

शुक्रबार नै अध्यागमनले व्यवसायी राकेश अडुकियाका छोरा रोहनलाई पनि पक्राउ गरी राजश्व अनुसन्धानमा बुझाएको थियो । तर, प्रमाण नभएको भन्दै सिआइबीले पनि उनलाई बुझ्न नमानेपछि अडुकियालाई पनि बोलाएको वेला उपस्थित हुने सर्तमा छाड्ने प्रक्रिया अघि बढाइएको छ । 

सय केजी सुन तस्करीमा संलग्न भएको आशंकामा १७ जनालाई थुनामा राखी सिआइबीले अनुसन्धान गरिरहेको छ ।

सुझावित समाचार