नक्कली शैक्षिक प्रमाणपत्र लिएको कसुरमा पक्राउ परेका कांग्रेस सांसद सुनीलकुमार शर्मालाई थुनामा नराख्न आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंले सांसद शर्मालाई थुनामुक्त गर्न आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शर्मालाई हिजो निवासबाट पक्राउ गरी आज म्याद थपका लागि जिल्ला अदालत लगेको थियो ।
न्यायाधीश डण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न सिआइबीलाई आदेश दिएको हो ।
शर्माको इजलासले हिजै पक्राउ परेका अन्य पाँच चिकित्सकलाई भने पाँच दिन थुनामा राखी अनुसन्धान गर्न सिआइबीलाई म्याद दिएको छ ।
सांसद शर्मा र अन्य पाँच चिकित्सकलाई सिआइबीले शैक्षिक प्रमाणपत्र किर्ते गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो ।