गुन्यु–चोलीमा ‘स्टाइलिस लुक्स’

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

- परम्परागत गुन्यु–चोलीको आफ्नै फर्म्याट छ । यसलाई सामान्य आकारमा बनाइन्छ । जसलाई टेलर सेट पनि भनिन्छ । त्यही गुन्यु–चोलीलाई बुटिकले आधुनिक लुक्स दिने गर्छ ।

- यसरी गुन्यु–चोली तयार पार्दा परम्परागत आधारमा त्यति धेरै अन्तरचाहिँ हुँदैन । भित्रबाट तुना बाँधेर लगाउने गरी तयार पार्ने हो । खासगरी पहिले सामान्य सुतीको कपडामा यस्तो ड्रेस तयार पारिन्थ्यो र गुन्यु–चोली नै लगाउने गरिन्थ्यो । तर, अहिलेचाहिँ विभिन्न आकर्षक कपडाको प्रयोगमा एन्ड्रोइटी गरी तयार पारिन्छ । र, यसलाई गुन्युमै मात्र लगाउनुपर्छ भन्ने छैन ।

- पछिल्लो समय मखमल र सिल्कको कपडाको चोली सिलाउने प्रचलन बढ्दो छ । चन्डेरी सिल्कको कपडामा पनि अत्यधिक सिलाइन्छ । र, त्यसमा बुट्टा बनाउने प्रचलन छ ।

- गुन्यु तथा चोलीमा बुट्टा भर्ने काम पनि गरिन्छ । यस्तो बुट्टाका लागि विशेषगरी गोल्डेन कलर प्रयोग गरिन्छ । यसका साथै रातो र ओरेन्ज, ब्ल्याक, मरुन आदि कलर पनि प्रयोग गर्न सकिन्छ ।

- त्यस्तै, बुट्टाका लागि ढाकाकै सेट, पेन्ट पनि पाइन्छ । जसलाई हातले बुनेर पनि बनाउनुपर्छ । त्यसैको प्रयोग गरिन्छ । 

- अहिले लेहेंगा र सारीमा चोली लगाउने प्रचलन अत्यधिक बढेको छ । यसले परम्परागत र फेसनेबल लुक्स दिनका लागि सहयोग पुर्याउँछ । 

सुझावित समाचार