राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा लगातार भइरहेको अवरोधबारे चासो व्यक्त गर्दै छलफल थालेका छन्।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शीतलनिवासमा बोलाएर राष्ट्रपति पौडेलले संसद्को अवरोधबारे चासो व्यक्त गरे।
भेटमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेबाट भइरहेको संसदको अवरोध र सहमतिका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए।
यही क्रममा राष्ट्रपतिले शुक्रबार सभामुख देवराज घिमिरेसँग छलफल गर्ने तय भएको छ।
शीतलनिवास स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपतिले लामो समयदेखि टुंगोमा पुग्न नसकेको शान्ति प्रक्रियाका बाँकी कामबारे पनि चासो व्यक्त गरेका थिए। उनले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम आफ्नै कार्यकालमा टुंग्याउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन्।