डेंगु संक्रमणबाट हेटौँडाका एकजनाको मृत्यु

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

मकवानपुरको हेटौँडामा डेंगु संक्रमणका कारण बिहीबार एकजनाको मृत्यु भएको छ।

डेंगु संक्रमित हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो।

तीन दिनअघि परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएपछि ती व्यक्ति मंगलबार अस्पताल भर्ना भएका थिए। बुधबार मात्रै थप उपचारका लागि भरतपुर गएका उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।

सुझावित समाचार