स्पेनको जनसंख्या हालसम्मकै उच्च

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

स्पेनको जनसंख्या हालसम्मकै उच्च पुगेको छ। जनसंख्या  उच्च  पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्यांक कार्यालयले मंगलबार प्रकाशित गरेको अध्ययनले देखाएको हो। 

त्रैमासिक निरन्तर जनसंख्या तथ्यांकले जुलाई १ मा स्पेनमा चार करोड ८३ लाख ४५ हजार दुई सय २३ जना मानिस बसोवास गरिरहेको देखाएको छ। जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो। 

०२३ को दोस्रो त्रैमासिकमा १३ लाख पाँच हजार एक सय ८६ जनाले वृद्धि भएको छ। थपिएको जनसंख्यामध्ये एक लाख तीन सय ९४ जना स्पेनबाहिर जन्मिएका थिए। अब विदेशी भूमिमा जन्मिएका बासिन्दाहरूको कुल संख्या ८४ लाख ५७ हजार आठ सय ८६ पुगेको छ। 
अप्रिल र जुनको बीचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोराेक्काेका थिए। विदेशमा बसोवास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरूको संख्या उल्लेख्य रहेको पाइएको छ। 

न्युज एजेन्सी नेपालले सिन्ह्वासँगको सहकार्यमा तयार पारेको समाचार सामग्री।
 

सुझावित समाचार