वेयरेवल एसेसरिज (पहिरन वस्तु) नेपाली उत्पादक अल्टिमा लाइफ स्टाइलले अल्टिमा एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । यो उदयमान नेपाली ब्रान्डले आफ्नो ग्राउन्ड ब्रेकिङअन्तर्गत मेला आयोजना गर्न लागेको हो ।
अल्टिमाले अडियोपे्रमीका लागि आयोजना गर्ने दुईदिने महोत्सवमा लामो समयदेखिका प्रशंसक र नयाँ आगमनहरू दुवैले संगीत र ध्वनिप्रतिको उत्साह र आनन्द लिन सक्ने जनाइएको छ ।
सुन्धारामा रहेको सिभिल मलको पहिलो तलामा र न्युरोडमा रहेको हुकुट स्टोरमा साउन २६ र २७ गते हुने मेलामा अल्टिमाले ग्राहकलाई आफ्ना पुराना वायर भएका इयरफोन र अडियो उपकरणहरू नयाँ अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न प्रोत्साहित गर्ने जनाइएको छ ।
कम्पनीले टप अफ द लाइन टु वायरलेस स्टेरियो टिडब्लुएस एक हजार दुई सय रुपैयाँमा उपलब्ध रहेको र यो अडियोमा आधुनिकीकरण अनुभव गर्ने अवसर रहेको कम्पनीको दाबी छ ।
अल्टिमा एटम ८२० मा २४ घन्टाको ब्याट्री लाइफ, इमर्सिभ १३ एमएमबास बुस्टेड अडियो पर्यावरण्ीय आवाज निराकरण र वायरलेस अडियो अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।