गण्डकी प्रदेश सभा बैठक बस्दै

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेश सभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए । 

गत असार २२ गतदेखि स्थगन भएको प्रदेश सभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेश सभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ । प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेका छैनन् । 

प्रदेश सभा नियमावलीको प्रावधानअनुसार प्रदेश सभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेश सभा सचिवालयले जनाएको छ । 

सुझावित समाचार