महात्मा गान्धीका पनाति पक्राउ

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन्। शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो।

‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका वेला उनलाई पक्राउ गरिएको हो। 

सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म पनि पक्राउ परेँ, यसमा मलाई गर्व छ,’ लेखेका छन्। 

आजै मध्याह्नतिर सामाजिक सञ्जालमा नै अर्को विवरण प्रस्तुत गर्दै तुसारले ‘अन्ततः मलाई रिहा गरिएको छ, इन्कलाब जिन्दावाद’ लेखेका छन्। सन् १९४२ मा आजकै दिन अर्थात् ९ अगस्टमा महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन प्रारम्भ भएको थियो।

सुझावित समाचार