सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सुझावित समाचार