नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढेन

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

लगातार घटिरहेको सेयर बजारमा बुधबार दोहोरो अंकको सुधार देखिएको छ। नेप्से ४१.०६ अंकले बढेर दुई हजार ६०.९१ विन्दुमा कायम भएको छ। आज १८ कम्पनीको सेयर  मूल्य घट्दा दुई सय कम्पनीको मूल्य बढेको छ।

नेप्सेका अनुसार बुधबार ५० लाख १० हजार सात सय १६ कित्ता सेयर एक अर्ब ८८ करोड ८३ लाख २६ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। मंगलबार एक अर्ब ७३ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको थियो।

आज म्युचल फन्डबाहेक सबै समूहको सूचकमा वृद्धि भएको छ। म्युचल फन्ड ०.४१ प्रतिशतले घट्दा व्यापार समूहमा सर्वाधिक ३.६२ प्रतिशतको वृद्धि भएको छ। त्यसैगरी, फाइनान्स ३.३८ प्रतिशत, होटेल तथा पर्यटन ३.५० प्रतिशत, जीवन बिमा ३.१५ प्रतिशतले बढेका छन्।

बुधबार हिमालयन लघुवित्तका लगानीकर्ताले सर्वाधिक ९.८३ प्रतिशत कमाउँदा सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९.७५ प्रतिशत आर्जन गरेका छन्। मनकामना स्मार्ट लघुवित्त ९.५७ प्रतिशत र  मन्दाकिनी हाइड्रोपावर ९.३९ प्रतिशतले बढेको छ।

यता, सेन्चुरी डिबेन्चर– २०८८ सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ। त्यसैगरी, लक्ष्मी लघुवित्त ८.०५ प्रतिशत, नेपाल रिपब्लिक मिडिया ६.६३ प्रतिशत र स्वरोजगार लघुवित्त ६.०७ प्रतिशतले घटेका छन्। 
 

सुझावित समाचार