बास्केटबलप्रति विद्यार्थीको लगाव र रुचि बढाउन छैटाैँ संस्कणको बिआइबी भ्यालीस्तरीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु भएको छ। सन् २०१६ देखि सुरु भएको उपत्यकास्तरीय प्रतियोगितामा छात्र र छात्रा गरी २४ र १६ टिम सहभागी छन्।
.jpg'_'.2023-08-09.jpg)
‘अहिले उपत्यकाकेन्द्रित रहेर यो प्रतियोगिता आयोजना गरिरहेका छौँ, तर अब करिब दुई वर्षमा हामी यसलाई राष्ट्रिय स्तरमा लैजाने तयारी गरिरहेका छौँ,’ विद्यालयका प्रधानाध्यापक हरि लामाले बताए। कुल १० लाख बजेटसहित मंगलबारदेखि सुरु भएको यो प्रतियोगितामा २९ स्कुल सहभागी छन्। विजेता र उपविजेता स्कुललाई ट्रफी प्रदान गरिनेछ।
.jpg'_'.2023-08-09.jpg)
सन् २०२० र २०२१ मा कोभिडको कारण सम्पन्न हुन नसकेको यो प्रतियोगितामा सहभागी हुने स्कुलको संख्या बढ्दै गएको छ। अघिल्लो वर्ष छात्रतर्फ १६ स्कुल र छात्रातर्फ १२ स्कुल रहेकामा यो वर्ष बढेर २४ र १६ पुगेको छ। अघिल्लो संस्करणमा बुद्ध एकेडेमीले छात्र तर्फको स्पर्धामा जित हासिल गरेको थियो भने छात्रातर्फ भने भक्तपुर निष्ट विजेता बनेको थियो।
.jpg'_'.2023-08-09.jpg)
‘विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउन हामीले यस किसिमको प्रतियोगिता आयोजना गर्दै छौँ। यसका साथै विभिन्न स्कुलहरूबीच समन्वय र सहकार्य बढाउन जुन कुरा विद्यार्थीको हकमा पनि लागू हुन्छ त्यसमा केन्द्रित भएर हामी अघि बढिरहेका छौँ,’ सहायक प्रिन्सिपल दीपेश महर्जनले भने।
.jpg'_'.2023-08-09.jpg)
१८ दिनसम्म चल्ने यो प्रतियोगिता छात्रतर्फ आठ पुल विथ तीन टिम र छात्रातर्फ चार पुल विथ चार टिम फर्म्याटमा हुनेछ। लिग कम नक आउटअनुसार चल्ने यो खेलका सबै नियम फिबाअनुसार हुने आयोजकले जानकारी दिएको छ।
.jpg'_'.2023-08-09.jpg)
‘धेरै वर्ष पहिला जब हामी खेल्ने गर्थ्यौँ, त्यसवेला हामी सबै टिभीमा हेर्थ्यौँ र कोचहरूसँग त्यति अभ्यस्त थिएनौँ। तर, अहिले त्यो अवस्था फेरिएको छ। अहिलेका विद्यार्थीले त्योभन्दा फरक सुविधा पाइरहेका छन्। जे कुरा हामीले पहिला पाएनौँ त्यो अहिले हामीले दिने कोसिस गरिरहेका छौँ,’ पूर्वराष्ट्रिय बास्केटबल खेलाडी तथा आयोजक कमिटीका एक सदस्य सुब्रत राजोपाध्यायले भने।
.jpg'_'.2023-08-09.jpg)
.jpg'_'.2023-08-09.jpg)
.jpg'_'.2023-08-09.jpg)
.jpg'_'.2023-08-09.jpg)