शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकद्वारा आन्दोलनको घोषणा

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशाेधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दैविद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै उनीहरूले मंगलबार निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्। निजी विद्यालयका सञ्चालकहरूले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयहरूलाई शैक्षिक गुठीमा लैजानेबारे एकतर्फी निर्णय गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए।

सरकारले निजी विद्यालयका सञ्चालकहरूलाई प्रोत्साहन हुने गरी ऐन संशाेधन गर्नुपर्नेमा आवश्यक प्रावधानहरू नै तयार नगरी हठात् विधेयक दर्ता गरेको आरोप लगाएका छन्। 

आन्दोलनको कार्यक्रममा साउन २४ गते बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाइ, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ। यस्तै, साउन २५ गते विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशाेधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तर्क्रिया गर्ने, २७ गते आन्दोलनको समीक्षा गर्ने कार्यतालिका छ। 

यस्तै, साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते अनिश्चित विद्यालय बन्द तथा विद्यालयका सवारीसाधनहरू सार्वजनिक स्थानमा पार्किङ गर्नेजस्ता कार्यक्रम छन्। प्याब्सनका अध्यक्ष डिके ढुंगानाले सरकारले सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याएका कारण आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताए। 

सुझावित समाचार