कामना सेवाका ग्राहकलाई डच एन्ड डोरिस रेस्टुरेन्टमा छुट

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

कामना सेवा विकास बैंक र डच एन्ड डोरिस रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता भएको छ । कामना सेवाका ग्राहकले रेस्टुरेन्टमा आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझौता गरेको हो । 

सम्झौताअनुसार कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले काठमाडौंको पुतलीसडकमा रहेको डच एन्ड डोरिस रेस्टुरेन्टमा विभिन्न सेवामा १५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ ।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास व्यक्त गरेको छ । 

सुझावित समाचार