मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता भएका छन् । वडाध्यक्ष विजयकुमार ब्लोनले सिक्रे दोभानका धारापानी स्याङ्तानको घर पहिरोले बगाउँदा पाँचजना बेपत्ता भएको जानकारी दिए । उनका अनुसार राति घरनजिकको खोल्सीमा पानीको बहाव बढेर आउँदा खसेको पहिरोले स्याङ्तानको घर बगाएको हो ।
घरमा सुतिरहेका पाँचजना घरसहित बागमती नदीमा बगेको वडाध्यक्ष ब्लोनले बताए । घरमा धारापानीसहित उनकी श्रीमती, छोरी, ज्वाइँ र दुईजना बच्चा थिए । स्थानीयले एकजनाको भने उद्धार गरेका छन् । उनलाई उपचारका लागी स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ ।
पहिरोमा परी बेपत्ता भएकारूको खोजी भइरहेको वडाध्यक्ष ब्लोनले बताए । पहिरो गएको स्थानमा एकघर मात्रै घर रहेको अध्यक्ष ब्लोनले जानकारी दिए । घटनाबारे प्रहरीलाई खबर गरिसकिएको र प्रहरी घटनास्थल पुग्दै गरेको उनले जानकारी दिए ।