सरकारको छानबिन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ : उपमहासचिव शर्मा

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानबिन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताएका छन्।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुन तस्करीको जालो पत्ता लगाउन सरकार लागि परिरहेको उल्लेख गरे। सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझे मात्रै उच्चस्तरीय छानबिन समिति बनाउन सकिने शर्माको भनाइ थियो।

‘सरकारले पक्रिसकेपछि त्यसलाई कसरी यो सुन आइरहेको छ भनेर जालो पत्ता लगाउँदै छ। त्यो छानबिनको रिपोर्ट आइसकेपछि चित्त नबुझ्दा, आवश्यक पर्दा, अधुरो हुँदा भोलि उच्चस्तरीय बनाएर थप छानबिन गर्न पनि आवश्यक होला। तर, अहिले छानबिन प्रक्रियालाई सबैले मद्दत गर्नु नै राम्रो हो। बरु यति दिनभित्र छानबिन सक्नुस् भन्न सकियो। छिटो सक्नुस् भन्न सकियो। छानबिन सकिसकेपछि आवश्यक परे उच्चस्तरीय बनाए हुन्छ,’ उनले भने।

सुझावित समाचार