कानमा कराएको निहुँमा खुकुरी प्रहार, महिला गम्भीर घाइते

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

उत्तरी धादिङको खनियाबास गाउँपालिकाको वडा नम्बर ४ दार्खामा धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छिन्।

कानमा आएर कराएको निहुँमा आइतबार दार्खामा ३० वर्षीय सागर पौडेलले ३५ वर्षीया अञ्जु सिंखडालाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

किन कानमा आएर कराएको भन्दै टाउको, खुट्टा, हातलगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गर्दा अञ्जु गम्भीर घाइते छिन्। 

‘उनलाई गाउँकै स्वास्थ्य संस्थामा उपचारपश्चात् थप उपचारका लागि काठमाडाैं लगिएको छ। खुुकुरी प्रहार गर्ने पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय धादिङबेँसी ल्याइँदै छ,’ एसपी मिश्रले बताए।  

See More On

सुझावित समाचार