सेयर बजार राताम्मे, नेप्से दुई हजार विन्दुनजिक

आइतबार, २१ साउन, २०८०
डिजिटल संस्करण

हप्ताको पहिलो दिन सेयर बजार घटेर राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से आज आइतबार ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा झरेको छ।

आज सबै समूहको सेयर ओरालो लागेको छ। यसमा पनि सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सको सेयर साढे नौ प्रतिशत तथा अभियान लघुवित्त कम्पनीको सेयर आठ प्रतिशतले घटेको छ। 

बजार राताम्मे भएको दिन आज आइएमई लाइफ इन्स्याेरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर १० प्रतिशत तथा कृषि विकास बैंकको सेयर साढे ६ प्रतिशतले बढेको छ।

आज ८० लाख सात हजार कित्ता सेयर दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँबराबरकाे कारोबार भएकाे छ। यस दिन सबैभन्दा धेरै सानिमा बैंकको १२ करोड ६९ लाख र एभरेस्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ।
 

सुझावित समाचार